About us

#About us

Pashupati Marwadi Sewa Sang, Nepal

मानवीय सेवा गर्ने पवित्र उद्देश्य लिएर सम्वत् २०४८ सालमा स्थापना भएको पशुपति मारवाडी सेवा संघले निरन्तर रुपमा निम्न सेवा कार्यहरु गर्दै आएको छ । २०६९ साल आषाढ २३ गते यस संस्थाले रक्तदानको क्षेत्रमा ५०० औं पटक रक्तदान शिविर सम्पन्न गर्न सफल भएकोले नेपाल रेडक्रस सोसाइटीबाट नेपाल अधिराज्यभर सबै भन्दा बढी रक्त संकलन गर्ने संस्थाको उपाधिबाट सम्मानित गरेको र मिति २०७० साल श्रावण ७ गते स्वास्थ्य खबरपत्रिकाले आफ्नो तेस्रो वार्षिकोत्सव कार्यक्रमको उपलक्ष्यमा आयोजित कार्यक्रममा यस पशुपति मारवाडी सेवा संघलाई हेल्थ अवार्ड २०१३ र नेपाल अधिराज्यभरको उत्कृष्ट संस्थाको रुपमा सम्मानित गरेको कुरा सहर्ष जानकारी गराउँदछु । बृद्धाश्रम, बालगृह, खानेपानी वितरणदेखि रक्तदान अस्पताल र विपन्न विरामीको उपचारका लागि संघले अतुलनीय सहयोग पु¥याउँदै आएको छ ।
१. २०५१ सालदेखि पशुपति स्थित वृद्धाश्रममा रहेका बृद्धबृद्धाहरूलाई संस्थाले शुद्ध खानेपानीको व्यवस्था, औषधि उपचार र समय समयमा खानपीनको व्यवस्था गर्दै आइरहेको छ ।
२. श्री पशुपति आर्यघाटमा २०५६ सालदेखि निरन्तर रुपमा असहाय, असमर्थ र वेवारिसे शवहरुको निःशुल्क दाहसंस्कार सेवा उपलब्ध गराउँदै आएको छ ।
३. शिक्षण (टिचीङ्ग) अस्पतालको आकस्मिक कक्षमा उपचार गराउने असहाय विरामीहरुलाई उपचारमा प्रा.डा. जगदीश प्रसाद अग्रवालज्यूको परामर्शमा निःशुल्क औषधि तथा खाना उपलब्ध गराउँदै आइरहेको साथै, मुटुरोगीहरुको उपचारमा सहयोगार्थ प्रा.डा. भगवान कोइरालाज्यूको परामर्श अनुसार आवश्यक सहयोग गर्दै आएको छ ।
४. जेष्ठ नागरिक नर्सिङ स्याहार केन्द्रको सहयोगमा स्थापित बृद्वा आश्रममा रहेका बृद्धबृद्धाहरुलाई खानपिन एवं औषधि उपचारमा आवश्यक सहयोग गर्दै आएको छ ।
५. नयाँ सडकस्थित भूगोलपार्कमा प्रत्येक हप्ताको विहिवार र शुक्रवार तथा रगतको अभावमा रक्तसंचार केन्द्रको अनुरोध अनुसार जुनसुकै बेला पनि रक्तदान शिविरको आयोजना गरिंदै आएको छ । सेवालाई विस्तार गरी २०७३ मंसीर १ गतेदेखि भक्तपुर जिल्ला रक्तसंचार सेवाको समन्वयमा भक्तपुरमा हप्ताको दुई पटक रक्तदान कार्यक्रम गर्दै आइरहेकोमा रगतको अभावको कारण २०७६ बैशाख १ गतेदेखि हप्ताको चार पटक (आईतबार देखि बुधबारसम्म) रक्तदान शिविर संचालन गर्दै आइरहेको छ । संघले मिति २०६४ साल भाद्र महिनादेखि ०७६ चैत्र मसान्त सम्म १८०० भन्दा बढी रक्तदानशिविर संचालन गरी ५६००० भन्दा बढी फाइल रगत संकलन गर्न सफल भएको जानकारी गराउदछौं ।
६. श्री निर्मल विद्यापिठ निम्नमाध्यमिक विद्यालय रणमुक्तेश्वरमा अध्ययनरत गरीब तथा असहाय बालबालिकाहरुलाई छात्रवृत्ति तथा शुद्ध खानेपानी लगायत सक्दो सहयोग प्रदान गरिएको छ ।
हामीलाई आफ्नो कार्यक्षेत्रमा अग्रसर रहन मार्गनिर्देशन प्रदान गर्ने मारवाडी समाजका महानुभावहरु, रक्तदानको लागि विशेष सहयोग गरिदिनु हुने हाम्रो अग्रज संस्था मारवाडी सेवा समिति नेपाल, स्थान उपलब्ध गराइदिने भूगोलपार्क संरक्षण समिति एवं उपचार तर्फ वरिष्ठ डाक्टरहरु प्रा.डा. जगदीशप्रसाद अग्रवालज्यू र प्रा.डा. भगवान कोइरालाज्यू प्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं ।
साथै यस संस्थालाई आर्थिक तथा भौतिक सहयोग प्रदान गर्नु हुने सम्पूर्ण दाताहरूप्रति संघ सदा कृतज्ञ रहेको छ । भविष्यमा पनि यहाँहरूबाट यस संघलाई निरन्तर आर्थिक लगायत अन्य सहयोग प्राप्त भैरहनेमा हामी विश्वस्त छौं । यहाँहरुबाट प्राप्त सहयोगको उचित सदुपयोग गरिनेछ र असहाय तथा असमर्थ एवं गरीबहरुलाई निरन्तर सेवा पु¥याउने कुरामा हामी पूर्ण विश्वास दिलाउन चाहन्छौं ।
यस सेवा कार्यलाई निरन्तररुपमा संचालन गर्नको लागि आवश्यक सहयोग गरिदिनु हुन सबै दाजुभाई दिदीबहिनीहरुमा पशुपति मारवाडी सेवा संघ हार्दिक अपिल गर्दछ । साथै सेवा कार्यलाई निरन्तर रुपमा संचालन गर्नका लागि सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुमा पशुपति मारवाडी सेवा संघको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
धन्यवाद !

Blood Donation received

58,000

Programs Conducted

1,800

A non-profitable organization Pashupati Marwadi Sewa Sangh was established in 2048 B.S with the sole motto of pure service towards humanity. - We organize blood donation programmes at Bhugol Park in New Road on Thursday and Friday of every week from 11 A.M to 4 P.M as well as whenever the central blood bank requests.
- We distribute curd, beetenrice and other food items to the old age people at the Bridh Ashram neat Pashupati nath temple on every Saturday at 11 A.M.
- We provide free-cremation service to the poor and helpless at Pashupati cremation area.
- We provide free medicines & food to the poor and helpless patients who come for treatment in emergency ward at Teaching Hospital, Maharajgunj. Besides this, we also help to the patients of heart disease on the request of Sahid Gangalal Heart Hospital.
- We help the aged people providing food and medicines at the astha old age home at Tahachal, Which has been established with the help of our organization.
- We provide free tiffin to all the students studying from grade nursery to grade four with drinking water as weel as scholarship to the poor and helpless students studying at shree Nirmal Vidyapith lower secondary school at Ranmukteshwor, Pako Kathmandu.
- We organize free health-check up camp and public awareness programmes related to health on time to time in Kathmandu valley as well as other parts of Nepal.
- We are going to setup a water treatment plant for drinking water at Teku, Hospital.

Board Members

Avatar

Founder Chairman
Subhash Goyal

Avatar

Founder Suresh
Kumar Goyal

Avatar

Subhash Chandra
Gupta

Avatar

Late Bharu
Parsad Ghiraya

प्रमुख सल्लाहकार

Avatar

प्रा. डा. जगदीश प्रसाद अग्रवाल

Avatar

श्री सुभाष चंद्र गुप्ता

विशेष सल्लाहकार

Avatar

प्रा. डा. भगवान कोईराला

उपाध्यक्ष

Avatar

श्री श्याम रुंगटा

Avatar

श्री नविन अग्रवाल

महा-सचिव

Avatar

श्री रतन कुमार सुरेका

कोषाध्यक्ष

Avatar

श्री अनिश गोयल

सचिव

Avatar

श्री लक्ष्मण गोयल

Avatar

श्री पवन गर्ग

कार्यकारीणी सदस्य

Avatar

श्री महेन्द्र पारीक

Avatar

श्री सुरेन्द्र गोयल

Avatar

श्री राकेश पाटोदीया

Avatar

श्री कपील अग्रवाल

Avatar

श्री पंकज गुप्ता

Avatar

श्री गोपाल अग्रवाल

Avatar

श्री रोशनलाल तायल

Avatar

श्री दिपक सर्राफ

Avatar

श्री दिनदयाल घिराईया

Avatar

श्री अनिल कुमार टिबडा

Avatar

श्री संजय कुमार जैन

Avatar

श्री बिनोद गोयल